logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै झरेको ढुंगाले लागेर बस चालकको मृत्यु

    नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै झरेको ढुंगाले लागेर बस चालकको मृत्यु

    1.1K
    Shares
    नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै झरेको ढुंगाले लागेर बस चालकको मृत्यु

    चितवन । पहिरोसँगै झरेको ढुंगाले लागेर बसका चालकको ज्यान गएको छ ।

    नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।

    बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    शुक्रबार बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक बसमाथि खस्दा चालक विकले ज्यान गुमाएका हुन् ।

    ढुंगा लागेर गम्भीर घाइते विकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend