logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सिमलताल पहिरो अपडेट: पहिरोले बगाएको दुई बसमा थिए ६५ यात्रु

    सिमलताल पहिरो अपडेट: पहिरोले बगाएको दुई बसमा थिए ६५ यात्रु

    1.6K
    Shares
    सिमलताल पहिरो अपडेट: पहिरोले बगाएको दुई बसमा थिए ६५ यात्रु

    चितवन । नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रुबसमा ६५ जना सवार रहेको खुलेको छ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुईवटा बसमा ६५ यात्रु रहेको विवरण दिएका हुन्।

    भरतपुर महानगरपालिका २९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको थियो। जसमा २४ जना यात्रु सवार थिए।

    त्यस्तै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेका छन् । अहिले करिब ८० जनाभन्दा बढी सुरक्षाकर्मीको टोली उद्धार र खोजीमा जुटेको छ।

    यो पनि : 

    नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै झरेको ढुंगाले लागेर बस चालकको मृत्यु

    नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो, दुईवटा बस बगायो

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend