logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालको संविधान धारा ७६ (२) अनुसार नै सरकार बन्छ र केपी ओली प्रधानमन्त्री बन्नुहुन्छ : रमेश लेखक

    नेपालको संविधान धारा ७६ (२) अनुसार नै सरकार बन्छ र केपी ओली प्रधानमन्त्री बन्नुहुन्छ : रमेश लेखक

    609
    Shares
    नेपालको संविधान धारा ७६ (२) अनुसार नै सरकार बन्छ र केपी ओली प्रधानमन्त्री बन्नुहुन्छ : रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेसमा प्रमुख सचेतक रमेश लेखकले नेपालको संविधान धारा ७६ (२) अनुसार नै सरकार बन्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनका लागि बसिरहेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले नेपालको संविधान धारा ७६ (२) अनुसार सरकार बन्ने र एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने बताएका हुन् ।

    साथै, उनले प्रधानमन्त्री प्रचण्ड पीडामा रहेकाले धेरै टिप्पणी नगर्ने बताएका छन् । ‘उहाँका अधिकांश कुरामा हाम्रो विमति छ । अधिकांश कुरामा आफ्ना विचार छन्,’ लेखकले भने, ‘प्रधानमन्त्रीले राखेका कुनै विषयको खण्डनमण्डन, प्रतिवाद, प्रतिउत्तर केही पनि गर्ने पक्षमा छैन । किनभने यसले थप कटुता मात्रै पैदा गर्छ ।’

    प्रमुख सचेतक लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न एमाले कांग्रेस गठबन्धन बनेको बताए । आउँदा दिनमा एउटा प्रधानमन्त्रीले ३ महिनामा विश्वासको मत लिने अवस्था नहोस् भनेर सहमति भएको बताउँदै लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कांग्रेस एमालेबिच गठबन्धन बनेको उल्लेख गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend