logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानमन्त्री दाहाल पदमुक्त भएपछि परामर्श लिन राष्ट्रपति पौडेलले बोलाए कानुनविद्

    प्रधानमन्त्री दाहाल पदमुक्त भएपछि परामर्श लिन राष्ट्रपति पौडेलले बोलाए कानुनविद्

    1.8K
    Shares
    प्रधानमन्त्री दाहाल पदमुक्त भएपछि परामर्श लिन राष्ट्रपति पौडेलले बोलाए कानुनविद्

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागि कानुनविद्हरुलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदमा विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि परामर्श लिन कानुनविद्लाई बोलाएका हुन् । साँझ ५ः४५ बजेका लागि कानुनविद्हरुलाई बोलाइएको छ ।

    भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानुनविद्हरुलाई छलफलका लागि डाकेका हुन् । परामर्शका लागि कानुनविद्हरु विपिन अधिकारी, भीर्माजुन आचार्य, शम्भु थापा, हरिहर दाहाल लगायतलाई आमन्त्रण गरिएको छ ।

    नेपाली कांग्रेस र नेकपा एमालेबीच धारा ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend