logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • अनुभवी टिमलाई पनि हराउनसक्छौँ भन्ने आत्मविश्वास बढेको छ : आसिफ सेख

    अनुभवी टिमलाई पनि हराउनसक्छौँ भन्ने आत्मविश्वास बढेको छ : आसिफ सेख

    427
    Shares
    अनुभवी टिमलाई पनि हराउनसक्छौँ भन्ने आत्मविश्वास बढेको छ : आसिफ सेख

    काठमाडौं । नेपाली क्रिकेटर आसिफ सेखले टि २० विश्वकपमा अनुभवी टिमसँग खेलेर आत्मविश्वास बढेको बताएका छन् । शुक्रबार इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौंले ब्राण्ड एम्बासडर बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

    उनले अनुभवी टिमलाई पनि हराउन सकिन्छ भन्ने आत्मविश्वास बढेको बताए । उनले विश्वकपबाट धेरै सकारात्मक कुराहरु लिन सकिने बताए । विश्वकपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनलाई लिएर नै अफगानिस्तानले आफूसँग खेल्न बोलाउनु राम्रो पक्ष भएको बताए ।

    उनले भने, ‘विश्वकपमा अनुभवी टिमहरुसँग खेलेपछि हामी पनि त्यस्ता टिमहरुलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास बढेको छ । विश्वकप खेल्न टिममा धेरै नै उत्साहित थियौँ । त्यसबाट लिनसक्ने सकारात्मक कुरा पनि धेरै नै छ । अफगानिस्तानबाट पनि खेल्नलाई हामीलाई बोलाउनु भयो । यो धेरै राम्रो पक्ष हो ।’

    यस सम्झौताबाट दीर्घकालिन सहकार्य बढ्ने र एक आपसमा मिलेर नेपालको खेल क्षेत्र र शैक्षिक क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास कन्सलटेन्सीको छ ।

    सम्झौता हाललाई २ वर्षको रहने र आवश्यकता बमोजिम एक आपसको समझदारीमा सम्झौता बढाउँदै जाने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend