logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • अम्बेले ११ महिनामा गर्यो सवा ७ अर्बको स्टिल व्यापार

    अम्बेले ११ महिनामा गर्यो सवा ७ अर्बको स्टिल व्यापार

    665
    Shares
    अम्बेले ११ महिनामा गर्यो सवा ७ अर्बको स्टिल व्यापार

    काठमाडौं । अम्बे ग्रुपको अम्बे स्टिल लिमिटेडले ११ महिनामा सवा ७ अर्ब रुपैयाँको डण्डी व्यापार गरेको छ । ९ महिनामा ५ अर्ब रुपैयाँको मात्र व्यापार गरेको उद्योगले ११ महिनामा आइपुग्दा बढेर ७ अर्ब १६ करोड ९० लाख रुपैयाँको स्टिल व्यापार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    कूल आम्दानीको ७७ प्रतिशत हिस्सा टिएमटी बारको छ । गत वर्ष अम्बेको स्टिल व्यापार ८ अर्ब ३४ करोड ८० लाख रुपैयाँ थियो । २०२२ मा १० अर्ब ८७ करोड ८० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा अम्बेको स्टिल व्यापार २३ प्रतिशत घटेको छ ।

    २०२१ मा ९ अर्ब २५ करोड ३० लाख रुपैयाँ स्टिल व्यापार गरेको थियो । ५० प्रतिशत भन्दा बढी यसको कच्चा माल डलरमा आयात हुने गरेको छ । कम्पनीसँग हाल विदेशी मुद्रा घटाउन कुनै हेजिङ अभ्यास छैन । फलाम र इस्पात उद्योगमा धेरै साना र ठूला, संगठित र असंगठित खेलाडीहरूले यसलाई तीव्र प्रतिस्पर्धात्मक बनाएको छ ।

    मुख्यतया भारतबाट पिग आइरन र स्पन्ज आइरन आयात गर्दछ । कच्चा माल लागत कुल आम्दानीको ८४ प्रतिशत छ ।

    उद्योग २००७ मा स्थापना भएको हो । २०२३ मा आएर साधारण सेयर निष्कासन गर्न अम्बे पब्लिक लिमिटेडमा रुपमान्तरण भएको थियो । उद्योग रुपन्देहीको गोनहा गाउँपालिकामा रहेको छ । उद्योगको स्टिल उत्पादन क्षमता वार्षिक १ लाख ४४ हजार टन छ ।

    यस्तै १ लाख २० हजार टन बिलेट, १४ हजार ४ सय टन जिआइ वायर र ३० लाख स्वायर मिटर ग्याबिन बक्स उत्पादन क्षमता रहेको अम्बेले जनाएको छ । अम्बे स्टिलमा सोभाकर न्यौपानेको २४, शिवाज न्यौपानेको १८, सज्जन अग्रवालको १२.५ र सिभानी न्यौपानेको ११ प्रतिशत हिस्सा रहेको छ ।

    उद्योगले ६ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । उद्योगले अम्बे टिएमटी र अम्बे जिआई ब्राण्डमा स्टिल उत्पादन गरिरहेको छ । अम्बे ग्रुपले सिमेन्ट र स्टिल उद्योगमा लगानी गरेको छ । ग्रुपको सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, रिद्धिसिद्धी सिमेन्ट लिमिटेड र जय अम्बे स्टिल लिमिटेड सञ्चालनमा छ ।

    अम्बे स्टिलले आइपिओ निष्कासन गर्ने भएको छ । उद्योगले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने लागेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend