काठमाडौं । युरोकप च्याम्पियन सीपमा स्पेनका लमिन यमल उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।
प्रतियोगितामा स्पेन कुल १५ गोल गर्न सफल भयो। जसका लागि स्पेनका युवा स्टारको भूमिका महत्त्वपूर्ण रहयो।
१६ वर्षकै उमेरमा उनले स्पेनका लागि डेब्यु गर्दै फुटबल जगतमा गतिलो छाप छाडिसकेका छन्। यमलको तुलना अहिलेबाटै दिग्गज फुटबलरसँग गर्न थालिएको छ।
उनी युरो कपको फाइनल खेल्नु दुई दिन अगाडि शनिबार मात्र १७ वर्ष पुगेका छन्। उनले १६ वर्षकै उमेरमा विश्व फुटबलमा तहल्का पिटेका छन्।
फाइनल खेलमा स्पेनलाई अग्रता दिलाउने क्रममा लामिन यमलको पासमा निको विलियम्सले गोल गरेका हुन्।
यामल युवा उत्कृष्ट खेलाडी बन्दा रोड्री प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए।