logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बागलुङ ट्राफिकद्वारा एक वर्षमा १ करोड बीस लाख राजस्व सङ्कलन

    बागलुङ ट्राफिकद्वारा एक वर्षमा १ करोड बीस लाख राजस्व सङ्कलन

    455
    Shares
    बागलुङ ट्राफिकद्वारा एक वर्षमा १ करोड बीस लाख राजस्व सङ्कलन

    ढोरपाटन (बागलुङ) । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व सङ्कलन बढ्दो क्रममा छ ।

    आव २०७८–७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार सङ्कलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जीप र सबैभन्दा कम बस चालकलाई कारबाही गरेको छ । सात हजार दुई सय ९५ कार तथा जीप र एक हजार एक सय ५६ बस चालकलाई कारबाही गरेको हो ।

    जिल्ला ट्राफिक कार्यालय प्रमुख सुमन निउरेका अनुसार यो अवधिमा पाँच हजार ११ मोटरसाइकल, एक हजार चार सय आठ ट्र्याक्टर, एक हजार दुई सय ६६ ट्रक तथा ट्रिपर र एक सय ५५ अन्य सवारी चालक कारबाहीमा परेका छन् ।

    एक वर्षमा जिल्लामा १६ वटा दुर्घटना भएको निउरेले जानकारी दिए । एक बस, आठ जीप तथा कार, ट्र्याक्टर, टेम्पो एक–एक, मोटरसाइकल सात वटा दुर्घटनामा परेका थिए । एक वर्षमा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । गत वर्ष २४ सवारीसाधन दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।

    ट्राफिक प्रमुख निउरेले दूर्घटना न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाईका साथ पालना गराउँदा यसवर्ष दुर्घटना कम भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend