logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • डोटीको दिपायलमा डेंगु लार्भा नस्ट अभियान सुरु

    डोटीको दिपायलमा डेंगु लार्भा नस्ट अभियान सुरु

    791
    Shares
    डोटीको दिपायलमा डेंगु लार्भा नस्ट अभियान सुरु

    केशब जोशी, डोटी । स्वास्थ्य कार्यालय डोटीको आयोजनामा दिपायलको पिपल्ला बजारमा डेंगु लार्भा खोजी तथा नस्ट सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। दिपायलको पिपल्ला बजारमा रहेका ग्यारेज तथा होटलमा डेंगु लार्भा नियन्त्रण प्रयास सहितको जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश मलासिले बताए ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि एवं डोटी जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण सिहले डोटी पनि डेंगुको उच्च जोखिममा रहेकोेले सबैले सावधानी अपनाउनुपर्ने बताए । डेंगु नियन्त्रण तथा लार्भा नस्ट सम्बन्धि जनचेतनामूलक कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्का, प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, उधोग बाणिज्य संघ, चेम्बर अफ कमर्स, नगर प्रहरी, पत्रकार, दिपायल सिलगढी नगरपालिकामा कार्यरत कर्मचारीसँगै स्वास्थ्यकर्मी लगायतको सहभागीत रहेको थियो ।

    डोटीमा हालसम्म ८१ जनामा डेंगो संक्रमण भएको साथै बिरामीहरुको उपचार भइ निको समेत भईसकेकाले आज देखि लामखुट्टेबाट बच्नु नै डेंगोबाट बच्ने प्रमुख उपाय भन्ने मुलनारा सहित जिल्लाका सबै पालिकामा डेंगु नियन्त्रण अभियान थालनी गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत मलासिले बताए । हाल देशभर ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend