logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • स्वास्थ्यमन्त्री पौडेलले गरे फूलमाला र खादा लगाउन अस्वीकार

    स्वास्थ्यमन्त्री पौडेलले गरे फूलमाला र खादा लगाउन अस्वीकार

    1.4K
    Shares
    स्वास्थ्यमन्त्री पौडेलले गरे फूलमाला र खादा लगाउन अस्वीकार

    काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फूलमाला र खादा लगाउन अस्वीकार गरेका छन् । नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरे ।

    उनले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म माला र खादा नलगाउने घोषणा गरे ।

    पदभार ग्रहण गरेसँगै पौडेलले क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् ।

    नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् ।

    मन्त्री पौडेललाई स्वागत गर्न मन्त्रालयमा स्वास्थ्य सचिव, मन्त्रालयका कर्मचारी, अस्पताल निर्देशकको भीड लागेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend