logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो

    भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो

    315
    Shares
    भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो

    नयाँदिल्ली, सिन्ह्वा । अखिल भारतीय थोक मूल्य सूचकाङ्क (डब्लुपिआई) मा आधारित मुद्रास्फीतिको वार्षिक दर मे महिनामा दुई दशमलव ६१ प्रतिशतको तुलनामा जुनमा तीन दशमलव ३६ प्रतिशत रहेको सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबार जनाएको छ ।

    “यो सन् २०२४ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य वस्तुहरूको मूल्य वृद्धि, खाद्य उत्पादनहरूको उत्पादन, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास, खनिज तेल, अन्य उत्पादन आदिको कारणले हो”, मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

    डब्लुपिआई खाद्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वार्षिक दर सन् २०२४ जुनमा वार्षिक आधारमा बढेर आठ दशमलव ६८ प्रतिशत भएको छ । यो मे महिनामा सात दशमलव ४० प्रतिशत थियो ।

    खाद्यान्नको मूल्यहरू जुन सन् २०२४ मा वार्षिक रूपमा ८.६८ प्रतिशतले वृद्धि भएको थियो, जुन मे महिनामा देखिएको ७.४० प्रतिशतले बढेको थियो । प्याजको हकमा मे महिनामा ५८ दशमलव ०५ प्रतिशतबाट जुनमा ९३ दशमलव ३५ प्रतिशत पुगेको छ ।

    फलफूलको डल्युपिआई पनि मे महिनामा पाँच दशमलव ८१ प्रतिशतबाट बढेर जुनमा १० दशमलव १४ प्रतिशत पुगेको मन्त्रालयले सार्वजनिक गरेको मासिक तथ्याङ्कले देखाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend