logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • इटालीमा गर्मीका कारण पाँच जनाको मृत्यु

    इटालीमा गर्मीका कारण पाँच जनाको मृत्यु

    322
    Shares
    इटालीमा गर्मीका कारण पाँच जनाको मृत्यु

    एजेन्सी । तातो लहरका कारण इटालीमा पाँच जनाको ज्यान गएको छ । देशभरमा कीर्तिमानी उच्च तापक्रम रेकर्ड भएको बताइएको छ । दक्षिणी अपुलिया क्षेत्रमा समुद्र तटमा गर्मीबाट बच्न खोज्दा ७० देखि ८२ वर्षका चार जनाको मृत्यु भएको एएनएसए समाचार एजेन्सीले जनाएको छ ।

    हालसम्म सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये अपुलिया रहेको छ । स्थानीय निकायले अध्यादेश जारी गर्दै आगामी अगस्ट ३१ सम्म निर्माण र बगैंचा केन्द्रको काम दिउँसो गर्न निषेध गरेको थियो । पाँचौं मृतक मध्य लाजियोका रहेका छन् । जुन रोम वरपरको क्षेत्र हो ।

    समाचार एजेन्सीका अनुसार उच्च तापक्रमका कारण हृदयाघात भएको र मृत्यु भएको हुनसक्ने बताइएको छ । राजधानीको उपनगरमा एक ६८ वर्षीय पुरुष सडकमा मृत अवस्थामा फेला परेका थिए ।

    लाजियोका स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा रोम लगायत यस क्षेत्रका सबै पाँच प्रान्तहरूमा जुलाई १७ सम्मका लागि तातो मौसम चेतावनी जारी गरेका छन् । गर्मीको लहरले लाजियो, अपुलिया, दक्षिणी क्यालाब्रिया र सिसिलीमा व्यापक जंगलमा आगलागी भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend