logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सभामुखसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट, के भयो छलफल ?

    सभामुखसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट, के भयो छलफल ?

    406
    Shares
    सभामुखसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट, के भयो छलफल ?

    काठमाडौं । सभामुख देवराज घिमिरेसँग बुधबार नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. डेनियल म्यूलि मोन्टेलियोनले शिष्टाचार भेट गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित, विकास सहयोग र संसदीय आदान प्रदानका विषयमा छलफल भएको छ ।

    भेटमा सभामुख घिमिरेले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको उल्लेख गरे । उनले नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिंदै आएको बताए ।

    नेपालको संघीय संसदमा नेपाल–स्वीट्जरल्याण्ड संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै सभामुख घिमिरेले मैत्री समूहको गठनबाट दुई देशबीचको संसदीय सम्बन्ध अझ मजबुत हुँदै दुई देशबीच संसदीय सहकार्यमा सहजता आउने विश्वास व्यक्त गरे ।

    ‘गत महिना नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको भ्रमण गर्नुभएको छ, स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले पनि नेपाल आउने इच्छा राख्नुभएको सुनेको छु,’ सभामुख घिमिरेले भने, ‘उच्चस्तरीय भ्रमणले जनतासँगको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्नेछ ।’

    सभामुख घिमिरेले कोभिड–१९ संक्रमण र भूकम्पको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा स्वीट्जरल्याण्ड सरकारको प्रशंसा गरे ।

    No description available.

    नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तोरन्नति हुने क्रममा रहेकोले नेपाल सरकारले त्यसको तयारी गरिरहेको बताउँदै विकास साझेदारहरुबाट श्रोत–साधन, प्रविधि लगायत आर्थिक साझेदारीको अपेक्षा गरे ।

    स्वीट्जरल्याण्डका राजदूत डा. डेनियल म्यूलि मोन्टेलियोनले विकास सहयोगको प्राथमिकतामा नेपाल रहेको बताउँदै दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो मुलुक सहयोगी हुने बताए । नेपालको शान्ति प्रक्रियामा सुरुवाती चरणदेखि नै स्वीस सरकारको महत्वपूर्ण सहयोग गरेको स्मरण गर्दै उनले संविधान कार्यान्वयनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend