logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरबीच शैक्षिक सहकार्य

    लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरबीच शैक्षिक सहकार्य

    280
    Shares
    लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरबीच शैक्षिक सहकार्य

    काठमाडौँ । लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरपालिकाबीच शैक्षिक सहकार्यको सहमति भएको छ । दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यले फाउण्डेशन र धनगढी उपमहानगरबीच शैक्षिक सहकार्यको सहमति भएको हो ।

    सहकार्य सम्बन्धी सम्झौता पत्रमा लर्डवुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले हस्ताक्षर गरे ।

    विद्यार्थीलाई नेपालमा उपलब्ध व्यावसायीक मार्ग पहिचान सहित सुनिश्चित भविष्यका लागि करिअरको निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ । साथै उनीहरूलाई भविष्यको लागि मार्ग दर्शन र बहु आयामिक क्षेत्रमा अन्तर्दृष्टि प्रदान गर्दै, मुलुकभित्रै शिक्षा र रोजगारीका सम्भावनाबारे जानकारी प्रदान गरिने, सहमति पत्रमा उल्लेख छ ।

    यो कार्यक्रममार्फत विद्यार्थी र शिक्षकको प्राविधिक र डिजिटल सीप विस्तार गर्दै, बृहत् प्रशिक्षण कार्यक्रम मार्फत रोजगार बजारको लागि तयार पारिने लक्ष्य राखिएको छ । तालिमले नवीनतम् प्रविधि, सञ्चार सीप, डिजिटल उपकरण क्लाउड कम्प्युटिङ लगायत विभिन्न क्षेत्र समेट्नेछ ।

    धनगढी उपमहानगरभित्रका युवाहरूलाई सूचना प्रविधियुक्त बनाउन लर्डबुद्ध एजुकेशन फाउण्डेशनसँग शैक्षिक सहकार्य गर्न लागिएको मेयर हमालले बताए ।

    सहमति अनुसार, अबदेखि धनगढी उपमहानगरपालिकाले गरेको सिफारिसका आधारमा कक्षा १२ सकेका २ जना विद्यार्थीले विद्यापीठमा बीएससी आईटी तहमा निःशुल्क पढ्न पाउने छन् ।

    ३ जनाले ल्याब फी र ट्युसन फी तथा ३ जनाले ट्युसन फीमा पूर्ण छात्रवृत्ति पाउनेछन्। धनगढी उपमहानगरकै सिफारिसमा, अरू योग्य विद्यार्थीले न्याशनल आइसीटी स्कलरसिपका साथै अरू अवसर पनि पाउने गरी सहमति भएको फाउण्डेशनका अध्यक्ष पंकज जालानले बताए । विद्यार्थीलाई पढ्दै कमाउँदै नीति अन्तर्गत फाउण्डेशनले विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend