logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अहिलेका समस्याहरुको सामना गर्न लागिपरेको छु : अर्थमन्त्री पौडेल

    अहिलेका समस्याहरुको सामना गर्न लागिपरेको छु : अर्थमन्त्री पौडेल

    392
    Shares
    अहिलेका समस्याहरुको सामना गर्न लागिपरेको छु : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौति निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

    उनले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताए । उनले अहिलेको आफ्नो चुनौति निराशा चिर्ने र आशा जगाउने रहेको बताए । उनले निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबैकुरा टुट्ने भन्दै बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने बताए । उनले अहिलेका चुनौतिका समस्याहरुको सामना गर्न आफू लागिपरेको पनि बताए ।

    अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन इमिडेट्ली तत्काल खारेज गर्नुपर्ने बताए ।

    उनले यि दुई गाइडलाइन खारेज नगरी अर्थतन्त्र चलायमान बनाउन नसकिने बताए । उनले वर्किङ क्यापिटल गाइडलाइनले इण्डस्ट्री, निर्माण क्षेत्रलाई र थोक खुद्रा व्यापारलाई असर गरिरहेको बताए । उनले भारतमा लागू भएर असफल भएको नीति नेपालमा लागू गर्दा सफल नभइने बताए । ।

    अध्यक्ष अग्रवालले राष्ट्र बैंकको बेस रेटलाई खारेज गरेर एमसिएलआर वा इभीएलआरमा जानुपर्ने बताए । स्वतन्त्र मोनिट्री पोलिसी कमिटी बनाउन माग गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend