logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अर्थतन्त्रको शिथिलता चिर्न मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्छ : उपसभापति वाग्ले

    अर्थतन्त्रको शिथिलता चिर्न मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्छ : उपसभापति वाग्ले

    658
    Shares
    अर्थतन्त्रको शिथिलता चिर्न मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्छ : उपसभापति वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीवार आयोजना गरेको नीति मन्थन कार्यक्रममा बोल्दै उपसभापति वाग्लले यस्तो बताएका हुन् ।

    उनले सरकारले ल्याएको बजेटले मध्येकालिन प्राथमिकता स्पष्ट बनाएकाले अर्थतन्त्रको शिथिलता चिर्न मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्ने बताए । डा.वाग्लेले मौद्रिक नीतिलाई वित्त नीति सरह महत्व दिन जरुरी रेहेको बताए । उनले अहिले मुलुकको अर्थतन्त्र शिथिल र सुस्त रहेको भन्दै अर्थतन्त्रमा देखिएको शिथिलता उपभोक्ताको माग र पुँजी लगानीमा संकुचन आएको बताए ।

    उनले मुलुकमा आयात, निर्यात र व्यापार घाटा पनि घटेको बताए । उनले आयात र निर्यात घट्दा सरकारको राजश्व आम्दानीमा असर परेको बताए । उनले १४ खर्ब २२ अर्ब राजश्व उठाउने सरकारको लक्ष्यमा असार मसान्तसम्म करिव १० खर्ब मात्रै राजश्व संकलन भएको बताए । उनले वित्त नीतिले केही सकारात्मक दिशाहरु औंल्याएको पनि बजेटले अर्थतन्त्रको शिथिलता चिर्न नसकेको बताए ।

    उनले अर्थतन्त्रको कुल मागलाई उकास्नको लागि तत्काल गर्नुपर्ने काम मौद्रिक नीतिले गर्न आवश्यक रहेको बताए । उनले मौद्रिक नीति कर्जा, ब्याजदर, ऋणीहरुको ब्यालेन्ससिटलाई सहज बनाउने र कर्जा उत्पादनमुखी क्षेत्रमा वृद्धि गर्ने नीति आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend