logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • दक्ष जनशक्ति उत्पादनका लागि रामवृक्षमा इन्जिनियरिङको पढाइ सुरु

    दक्ष जनशक्ति उत्पादनका लागि रामवृक्षमा इन्जिनियरिङको पढाइ सुरु

    742
    Shares
    दक्ष जनशक्ति उत्पादनका लागि रामवृक्षमा इन्जिनियरिङको पढाइ सुरु

    केशब जोशी, डोटी । दक्ष जनशक्ति उत्पादनका लागि रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालय धनगढी कैलालीमा सिभिल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङको पढाइ सुरु भएको छ ।

    धनगढीस्थित रुबस होटल नजिक रहेको शहिद रामवृक्ष नागरिक प्रतिष्ठानद्धारा सञ्चालित सो विद्यालयमा ३ बर्षे कोर्षका लागि १ लाख ८० हजार रुपैयाँ लाग्ने विद्यालयका इन्जिनियर एवं प्राचार्य धनुषकुमार भट्टले जानकारी दिए ।

    ‘सिटीईभिटीको कार्यक्रम अन्तरगत हामीले दुई बिषयमा अध्यापन गराइ रहेको छौँ ’ उनले भने ‘दुईटै बिषयमा ४८र४८ जनाको कोटा निर्धारण गरिएको छ ।’

    ‘चार जना जेहेन्दार विद्यार्थीका लागि सिटीईभिटीले परीक्षा लिएर उतैबाट छनौट गर्छ’ उनले भने विद्यालयमा पहिलो हुने एक जना विद्यार्थीका लागि स्कुलले नै छात्रवृतिको व्यवस्था गर्दै आएको छ ।’

    यी बिषय अध्ययनरत विद्यार्थीको दक्षता क्षमता बढ्नुका साथै रोजगारीको अवसर पनि उत्तिकै हुने गरेको कार्यक्रम संयोजक दीपेन्द्र ओझाले बताए । यी बिषय अध्ययन गरेका विद्यार्थीका लागि विश्वका जुनसुकै कुनामा पनि अवसर नै अवसर भएको उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend