काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र सरकारी निकायसँग छलफल गर्ने भएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा उद्योगी र सरकारी निकायसँग संयुक्त छलफल गर्ने भएका हुन् ।
प्रधानमन्त्रीले उद्योग, वाणिजय तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा उद्योगीको तर्फबाट नेतृत्व गरिरहेका उद्योगीलाई छलफलका लागि बोलाएका छन् ।
सरकारले यसअघिको सरकारको निर्णय बदल्दै यो विषयलाई समाधान गर्ने तयारी गरेको छ ।