काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा युएईले नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको धम्बुलामा सोमबार टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनाए।
युएईलाई ११५ रनमै रोक्न कप्तान इन्दु बर्माले ३ विकेट लिइन्। त्यस्तै सबनम राई, कविता जोशी र कृतिका मरासिनीले एकएक विकेट लिइन्।
युएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। त्यस्तै कभिसा इगोडेजले २२, समाइराले १३ र इशा ओजाले १० रन बनाइन्।