logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • खानेपानी बोर्डले ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई संसदबाट पास गराउँछु : मन्त्री यादव

    खानेपानी बोर्डले ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई संसदबाट पास गराउँछु : मन्त्री यादव

    455
    Shares
    खानेपानी बोर्डले ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई संसदबाट पास गराउँछु : मन्त्री यादव

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डले आवश्यक ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई अध्ययन गरेर संसदबाट पास गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आज काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डको भ्रमणका क्रममा उनले बोर्डले अघि सारेको प्रस्तावलाई मन्त्रालयका सचिव, कर्मचारी एवम् बोर्डका महानिर्देशक सहित छलफल र अध्ययन गरी संसदबाट पास गराउने बताए ।

    उनले भने, “बोर्डले आवश्यक ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई हामी छुट्टै बसेर छलफल गर्छौँ र अध्ययन गरी संसदबाट पास गराउँछौँ ।”

    सोही क्रममा मन्त्री यादवले बोर्डमा काम गर्ने क्रममा आएका चुनौतीहरुको समाधानका लागि आफूले तत्काल पहल गर्ने आश्वासन व्यक्त गरे । उनले भने, “काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिका लागि संस्थाले गरिरहेको काम अत्यन्तै सराहनीय छ । कामका क्रममा आएका चुनौतीहरूको समाधानका लागि म पहल गर्छु ।”

    मन्त्री यादवले मन्त्रालय र बोर्डका कर्मचारीहरूलाई आपसी सहकार्यमा उच्च मनोबलका साथ काठमाडौँ उपत्यकामा १२ महिना पानी पुर्याउने उद्देश्यका साथ युद्ध स्तरमा काम गर्न निर्देशन दिए ।

    भ्रमणका क्रममा मन्त्री यादवले खानेपानी व्यवस्थापन बोर्डको इतिहास, गतिविधि, सञ्चालित कार्यक्रम, तिनीहरुको कार्यान्वयनको अवस्था, र सो क्रममा आएका चुनौतीहरुको बारेमा जानकारी लिएका थिए ।

    उनले जनतामा उत्साह आउने गरी काम गर्नु पर्ने निर्देशन दिए । उनले भने, “जनतामा उत्साह छैन, नेतृत्व प्रति निराशा छ । हामीले आफ्नो काम मार्फत त्यसलाई उत्साहमा परिणत गर्नुपर्छ ।” सोही क्रममा मन्त्री यादवले गरिएका राम्रा कामहरूको प्रचारप्रसार गर्न पनि जरुरी रहेको बताए ।

    “पछिल्लो समय मिडियाले लेखेका कुरा सही भएका छन्, मिडियाले जे देख्छ, त्यो लेख्छ,” उनले भने, “हामीले गरेका राम्रा कामको प्रचारप्रसार गर्न जरुरी छ ।” उनले आफ्नो पहिलो प्राथमिकता भनेको गुणस्तरयुक्त पानी वितरण सहित जनताको समस्या समाधान गर्ने रहेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend