logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा साढे पाँच करोड रकम ट्रान्सफर

    स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा साढे पाँच करोड रकम ट्रान्सफर

    777
    Shares
    स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा साढे पाँच करोड रकम ट्रान्सफर

    काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न गठित विशेष संसदीय समितिले प्रदेश र स्थानीय तहका नियामक निकायहरुसँग छलफल गरेको छ । शुक्रबार बसेको बैठकमा समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

    छलफलमा वागमती प्रदेशका सहकारी विभाग रजिष्ट्रार राजेन्द्रप्रसाद पोखरेल र कानून अधिकृत मनोजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाबाट सत्यराज घिमिरे र सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भिमराज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्ट्रार अनिल कार्की तथा काठमाडौं महानगरपालिकाबाट विभागिय प्रमुख बलराम त्रिपाठी र विज्ञ टीका कार्कीको उपस्थिति रहेको सभापति सूर्य थापाले जानकारी दिए ।

    छलफल सूर्यदर्शन, सानो पाइला, सुप्रिम, ईमेज, साहारा, समानता लगायतका सहकारी संस्थाहरुमा केन्द्रीत भएको उनले बताए ।

    सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेश स्तरमा सहकारी संस्थाहरुको अवस्था कस्तो छ भन्ने विषयमा छलफल भएको बताए । बैठकमा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानविन समितिको प्रतिवेदनका बारेमा जानकारी लिएको बताइन् । त्यस्तै सुप्रिम सहकारीको बारेमा पनि जानकारी लिएको उनको भनाइ छ ।

    त्यसैगरी, काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखापरेको प्रवृत्तिको बारेमा पनि बैठकमा छलफल भएको सभापति थापाले जानकारी दिए । हालसम्म गोरखा मिडिया नेटवर्कमा गएको रकम एउटा ४ करोड ८८ लाख हजार २ सय ७१ रुपैयाँ ७६ पैसा र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सिधै २० लाख र जिबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको बताए ।

    उनले सबै गरी करिव साढे ५ करोड रुपैयाँ सूर्यदर्शज सहकारीबाट गएको रहेको बताए । जिबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरुङ, कुमार रम्तेलको नाममा र उनीहरुको मार्फत हेमन्त अधिकारी र स्वर्णलक्ष्मी सहकारीको नाममा गएको बताए ।

    उनले एउटा सहकारीको चेक अर्को सहकारीको नाममा ट्रान्सफर भएको पनि उदाहरण रहेको बताए । कुन चेक नम्बरबाट कुन मितिमा कसरी सहकारीको रकम पुगेको छ भन्ने पनि तथ्य प्राप्त भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend