logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ‘समृद्ध नेपाल : सुखी नेपाली’को गन्तव्य पूरा गर्ने अठोट लिएका छौँ : प्रधानमन्त्री ओली

    ‘समृद्ध नेपाल : सुखी नेपाली’को गन्तव्य पूरा गर्ने अठोट लिएका छौँ : प्रधानमन्त्री ओली

    707
    Shares
    ‘समृद्ध नेपाल : सुखी नेपाली’को गन्तव्य पूरा गर्ने अठोट लिएका छौँ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य पूरा गर्ने अठोट लिएको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेकपा (एमाले)ले सरकारलाई दिएको सुझाव ग्रहण गरेपछि सो कुरा बताएका हुन् ।

    उनले सरकारको अठोट पूरा गर्नका लागि आवश्यक सुझाव दिन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे । विक्रम संवतको २१०० मा आफूहरुले समृद्ध नेपालः सुखी नेपालीको गन्तव्यमा पुग्ने अठोट लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई पूरा गर्नका लागि सरकारले जिम्मेवारीबोधका साथ काम गर्ने बताए । उनले एमालेले दिएको सो सुझाव सरकारका लागि अति उपयोगी हुने पनि बताए ।

    एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको सुझावमा राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली सम्बन्धी संविधानका व्यवस्थाहरु र राजनीतिक दल सम्बन्धि कानूनको पुनरावलोकन, संविधान संशोधन गर्नुपर्ने उल्लेख गरिएको छ ।

    त्यसैगरी समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुनेगरी वैदेशिक लगानी भित्रयाउने, द्वीपक्षीय र बहुपक्षीय व्यापार वृद्धि गरी प्रविधि आयात गर्ने काममा हाम्रो कूटनीतिक प्रयासलाई हरेक हिसावबाट प्रभावकारी र दक्ष बनाई सोही अनुसार परिचालन गर्न पनि सरकारलाई सुझाव दिइएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    संविधानको साझा सूचिमा रहेका अधिकारको बाँडफाँड सम्बन्धि बाँकि कानूनहरु अविलम्व निर्माण गर्न, स्थानीय तहमा जाने समानीकरण अनुदान कटौति नगर्न, स्थानीय तहको क्षमता अभिवृद्धि गर्न तथा संघीय निजामती सेवा ऐन अविलम्व पारित गर्न पनि एमालेले सरकारलाई सचेत गराएको छ ।

    २७४ पृष्ठ लामो सुझाव पत्रमा रोजगारीका लागि विदेश गएका श्रमिकहरुको सुरक्षा, तोकिएको काम र काम अनुसारको तलव तथा अन्य तोकिएका सेवा, सुविधाहरुको सुनिश्चितता, श्रम स्वीकृतिको सहजता, दुर्घटनामा परेपछिको उपचारको व्यवस्था, मृत्यु भएमा उद्दारको व्यवस्था, श्रमिकको संख्या र त्यस अनुसारको उनीहरुलाई दुतावासले दिने सेवा प्रवाहरुको चुस्तता, आदि विषयहरुमा ध्यान दिन भनिएको छ ।

    उपमहासचिव ज्ञवालीले गैर आवासीय नेपालीहरुको नागरिकताको विषयमा रहेको अस्पष्टता अन्त्य गरी भिसा, पैतृक सम्पत्तिमाथिको अधिकार आदि विषयहरु तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend