logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • तोलामा १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    तोलामा १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    1.1K
    Shares
    तोलामा १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ ।

    आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

    त्यसयता सुनको मूल्य केही घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँमा कारोबार भएको चाँदी आज १८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend