logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ‘हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीत ‘नाचिदेउ कान्छी’ सार्वजनिक’

    देश र आफ्नो क्षेत्रको विकासका लागि आफैँ अग्रसर हुनुपर्छ : उपसभापति खड्का

    देश र आफ्नो क्षेत्रको विकासका लागि आफैँ अग्रसर हुनुपर्छ : उपसभापति खड्का

    595
    Shares
    देश र आफ्नो क्षेत्रको विकासका लागि आफैँ अग्रसर हुनुपर्छ : उपसभापति खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश र आफ्नो क्षेत्रको विकासका लागि अरूबाट अपेक्षा गर्नुभन्दा आफैँ अग्रसर हुनुपर्ने बताएका छन् ।

    हिन्दू नारीहरूको पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीत ‘नाचिदेउ कान्छी’ सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले कर्णाली प्रदेशको विकासका लागि त्यहाँकै सरोकारवाला अग्रसर हुनुपर्ने बताए ।

    उनले कर्णाली प्रदेशकै सर्जकहरूको हातेमालो र एकताले गीत बनाउन सफल भएजस्तै अन्य क्षेत्रको विकासका लागि पनि यस्तै सहकार्य आवश्यक रहेको धारणा राखे ।

    “हाम्रो कर्णाली कसैले आएर बनाउँछ भन्ने सोच्दै छौँ भने त्यसलाई त्यागौँँ, हामीले नै हो त्यहाँको प्रगति गर्ने । त्यसैले कमजोरी र त्रुटी सच्याउँदै नयाँ सङ्कल्पका साथ कर्णालीलाई उन्नति, प्रगतिको शिखरमा अगाडि बढाउन एकता, सहकार्य र सद्भाव आवश्यक छ”, उपसभापति खड्काले भन्नुभयो । गीत सङ्गीत पनि समाज विकासको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै उनले प्रस्तुत गीतसँग जोडिएका सबै सर्जकहरूको प्रशंसा गरे ।

    कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली संस्कृतिको धनी रहेको बताए । उनले भने, “आफ्नो ठाउँ र भूगोललाई यस्तै गीत सङ्गीतको माध्यमले चिनाउनुपर्छ । कर्णालीले संस्कृति र साहित्यमा देशलाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्छ । त्यसैले कर्णालीका बारेमा निर्मित नकारात्मक भाष्यलाई यस्तै कामहरूबाट चिर्नुपर्छ ।”

    गीतका रचनाकार डा महेन्द्रकुमार मल्लले मौलिक गीत तयार गर्ने कोसिस गरेको बताए । “तीज गीतमा पर्वको मौलिकता र चेलीको हर्षलाई प्रस्तुत गरेको छु । यो नयाँ पुस्तालाई नचाउने र पुराना पुस्तालाई कर्णालीको ठेट गीतको बारेमा चिनाउने गरी तयार गरिएको छ”, उनले भने । रचनाकार डा मल्लले आगामी दिनमा फरक सन्दर्भका गीतमार्फत शब्द रचनालाई निरन्तरता दिने बताए ।

    गीतमा शिव सङ्गीतले स्वरसँगै सङ्गीत भरेका छन् भने गायनमा गायिका सिम्रन परियारले साथ दिएकी छन् । जीवनकुमार ज्ञवालीले तयार गरेको गीतको श्रव्यदृश्यमा मोडल विपाशा चदराले अभिनय गरेकी छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend