logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा सवार यात्रुहरुको विवरण सार्वजनिक

    दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा सवार यात्रुहरुको विवरण सार्वजनिक

    2.7K
    Shares
    दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा सवार यात्रुहरुको विवरण सार्वजनिक

    काठमाडौँ । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ ।

    जहाजमा १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी थिए । यस बाहेक विमानमा अन्य सर्वसाधारण नभएको खुलेको छ ।

    दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

    एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

    विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend