एजेन्सी । रसियामा बम हमला गर्ने एक रुसी आतंकवादीलाई टर्किएको दक्षिणपश्चिमी बन्दरगाह शहर बोर्डरममा बुधवार पक्राउ गरिएको टर्कीका गृहमन्त्री अली येर्लिकायाले घोषणा गरेका छन् ।
रुसी इन्टरपोल युनिटले बुधवार टर्की प्रहरीको टर्की इन्टरपोल/युरोपोल विभागलाई सम्पर्क गरी मस्कोमा कार बम विष्फोट गराएर आतंकवादी हमला गर्ने रुसी नागरिक इभगेनी सेरेब्रियाकोभ टर्किए आइपुगेको जानकारी दिएको येर्लिकायाले बताए ।
अनुसन्धानका क्रममा उक्त व्यक्तिलाई विमानस्थलबाट पक्राउ गरिएको टर्की प्रहरीले बताएको छ ।