logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएकोे प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्छौंः पर्यटनमन्त्री पाण्डे

    जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएकोे प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्छौंः पर्यटनमन्त्री पाण्डे

    308
    Shares
    जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएकोे प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्छौंः पर्यटनमन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएकोे प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्नेगरी मन्त्रीपरिषद्ले गठन गरिएको बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका बुधवार काठमाडौंमा भएको सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा बोल्दै यस्तो बताएका हुन् ।

    उनले सरकारले दुर्घटनाको छानविनको लागि आयोग गठन गर्दा विभिन्न प्रश्नहरु उठेको उल्लेख गरे । उनले चौतर्फी रुपमा उठेका प्रश्नलाई समेत आधार मानेर मन्त्रीपरिषद्ले छानविन आयोग बनाएको बताए । उनले सरकारले जहाज दुर्घटनाको सत्य तथ्यसहित आएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गर्ने संकल्प सहित गठन भएको जानकारी गराए ।

    उनले सरकारले अध्ययन समितिहरु बनाउने र समितिहरुले प्रतिवेदनहरु बुझाउने तर प्रतिवेदनहरु कार्यान्वयनको दिशामा सरकारको दतारुकता नदिएको स्वीकार गरे । उनले अब विगतका दुर्घटनाका प्रतिवेदनहरु कार्यान्वयन नआएको आधार मानेर सबै प्रश्नहरुको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुग्ने र घटनाका बारेका छिनोफानो गर्ने तयारमा सरकार रहेको बताए ।

    उनले अध्ययनले दिएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गरी प्रभावकारी कार्यान्वयन बाटो तय गरिने बताए । उनले समितिमा पनि त्यो प्रतिवद्धता दोहो¥याउने बताए ।

    उनले भने, ‘सौय एयरलाइन्स दुर्घटनाको छानविनको लागि सरकारले आयोग बनाएको छ । तर चारैतिरबाट प्रश्नहरु आइरहेका छन् । नेपाली आकाशमा यस्ता घटनाहरु किन पटक–पटक किन दोहोरिरहन्छ । सधैँ यस्तो घटनाबाट नेपाली आकाश र नेपालीहरु अभिसप्त हुन्छ । कारण के हो । सजकता र शतर्कता राज्यले किन अपनाउन सकेन । सम्बन्धित निकायहरुले किन अपनाउन सकेनन् । यसका व्यवस्थापकीय कमजोरी हुन् की, प्राविधिक कमजोरी हो, मानविय लापरबाही हो की ? भन्ने ढङ्गका प्रशस्त प्रश्नहरु आइरहेका छन् ।

    सरकारले अध्ययन समितिहरु बन्छन् । प्रतिवेदनहरु पनि आउँछन् । प्रतिवेदनहरु कार्यान्वयनको दिशामा सरकारको दतारुपता देखिँदैन । जसका कारणले यस्ता घटनाहरु व्यहोर्नुपर्छ भन्ने प्रश्न पनि आएका छन् । यी प्रश्नहरुको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुगौं । घटनाका बारेका छिनोफानो गरौं । अध्ययनबाट निस्केको प्रतिवेदन आउँछ ।

    त्यसलाई सतप्रतिशत कार्यान्वयन गर्ने दिशामा प्रभावकारी कार्यान्वयन बाटो तय गरौं भन्ने कुरा मन्त्रीपरिषद्मा संकल्प व्यक्त गरेका छौं । त्यही आधारमा निर्णय भएको छ । समितिमा पनि त्यो प्रतिवद्धता दोहो¥याउन चाहन्छु । बुधवारको घटना हुँदै मानविय क्षेती भएपनि अन्य थप क्षेती हुन पाएको छैन ।’

    मन्त्री पाण्डेले कोरियाका नेपाली जहाज उडानको लागि नेपालका सम्बन्धित निकायहरुले तदारुकता नदेखाएको बताए । उनले कोरियामा नेपाली जहाज उडानको लागि नेपालबाट पहलकदमी नभएको भन्दै कोरियाले नेपालको हवाई सुरक्षा अडिट गर्ने विषयमा दुविधामा रहेको बताए । उनले कोरियामा नेपाली जहाज उडान भर्ने विषयमा चाँडै टुङ्गोमा पुर्याउने प्रतिवद्धता जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend