logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नयाँ चलचित्र ऐन आएपछि चलचित्र क्षेत्रका ९० प्रतिशत समस्या समाधान हुन्छन्ः भुवन केसी

    नयाँ चलचित्र ऐन आएपछि चलचित्र क्षेत्रका ९० प्रतिशत समस्या समाधान हुन्छन्ः भुवन केसी

    448
    Shares
    नयाँ चलचित्र ऐन आएपछि चलचित्र क्षेत्रका ९० प्रतिशत समस्या समाधान हुन्छन्ः भुवन केसी

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले चाहे तत्काल चलचित्र ऐन पास हुनसक्ने बताएका छन् । बिहीबार चलचित्र विकास बोर्डमा दुई वर्षे कार्यकाल सकिएको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

    आफूमाथि धेरैले ठूलो अपेक्षा राख्नु स्वभाविक भएपनि बोर्डको अधिकार भन्दा माथि गएर काम गर्न नसकिने बताए । उनले आफूले कलाकारका दुःख र समस्या बुझेको भन्दै सिमित अधिकारका कारण चाहे जति पनि काम गर्न नसकेको बताए । उनले चलचित्र ऐन पारित भएर आएपछि ९० प्रतिशत समस्या समाधान हुने बताए । अहिले अर्थ मन्त्रालयमा ऐन पुगेको र चाँडै नयाँ चलचित्र ऐन आउने बताए ।

    उनले भने, ‘कति साथी भाईहरुले मलाई भन्नुहुन्छ । खासै उल्लेखनिय काम हुन सकेन । मसँग मेरा साथी भाईहरुको धेरे अपेक्षा धेरै नै गर्नुभयो । म कलाकार भएको हिसावले स्वभाविक नै हो । किनभने म कलाकर्मी हो । मैले कला क्षेत्रको दुःख मर्का बुझेको छु । तर बल्ल यहाँ आएर थाहा भयो की चलचित्र विकास बोर्डमा थोरै मात्र अधिकार छन् । जुन चिज नियमावली वा ऐन चलचित्र ऐन जुन २०२६ सालदेखिको ऐनमा चलचित्र क्षेत्र चलिरहेको छ ।

    त्यो ऐनलाई परिवर्तन गरी नयाँ ऐन बनाउनुपर्छ, त्यो ऐन पास भएको खण्डमा चलचित्रका सबै समस्याहरु ९० प्रतिशत समाधान हुन्छन् । तर जति गर्दा पनि मन्त्रालयमै गएर रोकिन्छ । मन्त्रीज्युहरु आएर भन्नुहुन्छ, हामी गरिदिन्छौँ । हामीले गर्ने प्रयास नै हो । मैले यहाँ आएर पहिलो दिनदेखि नै ऐन पास गर्न कोशिस गरेँ ।

    अहिले कम्तिमा सञ्चार मन्त्रालयबाट अर्थ मन्त्रालयसम्म त पुगेको छ । त्यत्तिसम्म प्रयास गरेका छौँ । अर्थ मन्त्रालयबाट क्यािबनेट हुँदै जान्छ । सरकारले चाहे तत्काल हुन्छ । हामीले गर्ने प्रयास नै हो । विकास बोर्डबाट गर्ने काम हामीले सबै गरेका छौँ ।’

    उनले चलचित्र विकास बोर्डलाई सिमित अधिकार हुने भएकाले प्रयास जारी राख्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend