logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछः बाइडेन

    नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछः बाइडेन

    2.4K
    Shares
    नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछः बाइडेन

    सिन्ह्वा । अमेरिकी राष्ट्रपति जो बाइडेनले औपचारिक रुपमा राष्ट्रपतिको दौडबाट पछि हट्ने बताएका छन् ।

    राष्ट्रलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको दौडबाट फिर्ता लिने आफ्नो निर्णय रहेको बताए । आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविष्मरणीय रहने बताए । आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य रहेको भएपनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु राष्ट्रलाई एकतावद्ध गर्नु रहेको बताए ।

    बाइडेनले ११ मिनेटको भाषणमा अब अमेरिकीहरूले गर्ने निर्णयहरूले राष्ट्र र विश्वको भाग्य आगामी दशकहरूमा निर्धारण गर्ने बताए । अझै पनि इमानदारी, शिष्टता, सम्मान, स्वतन्त्रता, न्याय र लोकतन्त्रमा विश्वास गर्नुपर्ने बताए ।

    बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक राष्ट्रपतिको उम्मेद्वारको रूपमा मनोनयन गर्न आफ्नो पूर्ण समर्थन रहेको बताए । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन डेमोक्र्याटहरूलाई एकजुट हुन आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend