logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक जारी

    सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक जारी

    308
    Shares
    सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक जारी

    काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ ।

    बैठक आज बिहान सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा शुरु भएको हो । बैठकमा नेपाली काँग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री रमेश लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् ।

    बैठकमा टिआरसी विधेयक सम्बन्धी सहमति हुन बाँकी बुँदाहरुमा छलफल गरी टुंग्याइने बताइएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधिन छ ।

    दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल शुरु भएपनि निस्कर्षमा पुगिसकेको छैन । साथै पीडितको स्वतन्त्र सहमतिका बारेमा निस्कर्ष निस्कन सकेको छैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend