logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छ : प्रधानमन्त्री

    मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छ : प्रधानमन्त्री

    1.1K
    Shares
    मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको सपथ समारोहमा उनले उक्त भनाइ राखे ।

    “आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा हो । हामीले अब तीव्र गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्छ”, आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुलाई बधाई र शुभकामना दिँदै उनले भने, “तपाईंहरुको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्न सकोस् । नयाँ उचाई हासिल हुन सकोस् ।”

    प्रधानमन्त्री ओलीले मुलुकको मनोबल कमजोर भएका बेला १६औँ आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेमा जोड दिए । यसैगरी उनले उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लैजान नवनियुक्त पदाधिकारीलाई भने ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend