काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन्।
पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको हो।
यसअघि भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया कपटको फाइनलमा पुगिसकेको छ । फलाइनलमा यो सँगै भारत नवौं पटक पुगिसकेको हो ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको शानदार जित निकालेको हो।
आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ। यो खेल आइतबार दिउँसो ३स्१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा हुनेछ।
दुई समूहमा विभाजन गरिएका आठ टिमध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल भेट पक्का गरेका हुन्।
प्रतियोगितामा सहभागी भएको नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।