logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अव्यवस्थित पार्किङले न्युरोडमा हिँड्नै समस्या (फोटोफिचर)

    अव्यवस्थित पार्किङले न्युरोडमा हिँड्नै समस्या (फोटोफिचर)

    959
    Shares
    अव्यवस्थित पार्किङले न्युरोडमा हिँड्नै समस्या (फोटोफिचर)

    काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले सडक भत्काएर फुटपाथ बिस्तार गरेसँगै अव्यवस्थित पार्किङको समस्या बढ्न थालेको छ । फुटपाथ बिस्तार हुँदा मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरुमा अव्यवस्थित पार्किङ हुन गरेको प्रशस्त देख्न सकिन्छ ।

    फुटपाथ बिस्तारका क्रममा काठमाडौं महानगरपालिको मुल सडक छेउमा गर्दै आएका पार्किङ हटाएसँगै त्यसको चाप गल्लीहरुमा परेको छ । जस कारण आम नागरिकले आवतजावत र हिँडडुल गर्दा समस्या भोगिरहेका छन् ।

    अव्यवस्थित पार्किङका कारण न्युरोड क्षेत्र र आसपासका सांस्कृतिक धरोहर एवं सम्पदाहरु मासिने खतरामा छन् । सांस्कृतिक धरोहरहरुको सौन्दर्यता नै खोसिएको देख्न सकिन्छ । पार्किङ गरिएका सवारी साधनले सांस्कृतिक सम्पदाहरुको सौन्दर्य त खोसेको छ नै साथमा भौतिक संरचनामा असर पनि गरिरहेको छ ।

    काठमाडौंको पुरानो समस्या व्यवस्थित पार्किङको विकल्प नखोज्ने हो भने महानगर भित्रका सांस्कृतिक धरोहरुस्थलहरु मासिने निश्चित छ । त्यसैले वैकल्पिक स्थल खोजेर पार्किङको व्यवस्था गर्न आवश्यक भइसकेको छ । महान्गरले फुटपाथ बिस्तार गरेसँगै स्थानीयहरुले बिरोध गरेका थिए ।

    सबै वडाका अध्यक्षहरुले फुटपाथ बिस्तारबिरुद्ध बिरोध जनाएका थिए भने स्थानीयहरुले पनि अध्यक्षहरुलाई साथ दिएका थिए । यता महानगरपालिकाका प्रमुख बालेन्द्र साह भने नगर प्रहरी परिचालन गरेरै फुटपाथ बिस्तारको काम शुरु गर्न थालेपछि आन्दोलन चर्किएको थियो ।

    महानगरपालिका र वडा नम्बर २२ अध्यक्ष चिनकाजी श्रेष्ठबीच केही समय फुटपाथ बिस्तार गर्न रोक्ने सहमतिसँगै अहिले न्युरोड शान्त छ । तर अव्यवस्थित पार्किङको समस्या बढेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend