logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ताइवानमा आँधीका कारण ८ जनाको मृत्यु

    ताइवानमा आँधीका कारण ८ जनाको मृत्यु

    252
    Shares
    ताइवानमा आँधीका कारण ८ जनाको मृत्यु

    ताइवान, एएनआई । ताइवानमा टाइफुन गेमी आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र (सिइओसी) को शुक्रबार जारी सिइओसीको तथ्याङ्क अनुसार चक्रवातको कारण एक जना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएका छन् ।

    चक्रवात ताइवान छोडी चिनमा पुगेता पनि, मध्य र दक्षिणी ताइवानमा अविरल वर्षा जारी रहने सञ्चारमाध्यम फोकस ताइवानले रिपोर्ट गरेको छ ।

    आँधी प्रभावित क्षेत्रमा चक्रवातका कारण भएका विविध दुर्घटनामा परी मानिसहरुले ज्यान गुमाएकोे फोकस ताइवानले जनाएको छ ।

    ज्यान गुमाउनेहरुको अहिलेसम्म पहिचान हुन नसकेको जनाउदै अनुसन्धान जारी रहेको फोकस ताइवानले रिपोर्ट गरेको छ । अझै पनि अधिकारीहरूले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

    सिइओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार २ सय ३२ जनालाइ सुरक्षित राख्नका लागि २७९ वटा आपतकालीन शिविर निर्माण गरिएको छ ।

    केन्द्रले ताइवानको पूर्वी र दक्षिणी भागमा अझै पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend