logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

    चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

    252
    Shares
    चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

    गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काली गण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ ।

    पटक पटक अवरुद्ध सडक दुई साता पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अवरुद्ध भएको छ । सडकको ट्र्याक नै बगाएपछि सडक खुल्न नसकेको हो । वर्षा रोकिए पनि काली गण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

    करिडोर सडक बागलुङ–१० स्थित दब्ल्याङमा सडकको ट्र्याक नै बगेकाले सडक खुल्ला समय लाग्ने भएको छ । उक्त पहिरोले बलेवा, कुश्मिसेरा र बरेङ सडकसमेत चार दिनदेखि अवरुद्ध बनाएको छ । पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि यात्रुहरू पैदल हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend