logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मौद्रिक नीतिको सकारात्मक प्रभाव, १ सय २ अंक बढेपछि सेयर बजार बन्द

    मौद्रिक नीतिको सकारात्मक प्रभाव, १ सय २ अंक बढेपछि सेयर बजार बन्द

    532
    Shares
    मौद्रिक नीतिको सकारात्मक प्रभाव, १ सय २ अंक बढेपछि सेयर बजार बन्द

    काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत सेयर लगानी सीमा हटाएपछि आइतबार सेयर बजारमा उछाल आएको छ । खोल्नासाथ बजार १ सय अंक बढेपछि सेयर बजार बन्द भएको छ ।

    बजार खुल्नेबित्तिकै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ४ प्रतिशत अर्थात ३.९९ प्रतिशत बढेपछि बजार बन्द भएको हो । ४ प्रतिशत बढेपछि बजार बन्द हुने गरेको छ । बन्द भएको बजार २० मिनेटपछि पुनः खुल्ने छ ।

    नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, ग्लोबल बैंक र प्रभु बैंकको सर्किट लागेको छ भने हिमालयन बैंक, कृषि बिकास बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र प्राइम कमर्सियल बैंकको सर्किट लेभलमा सेयर कारोबार भएको छ । राष्ट्र बैैंकले संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ ।

    राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षमो मौद्रिक नीतिमा धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ ।

    मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँ सीमा खारेज गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

    यो पनि : 

    संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज, बढ्ला त शेयर बजार ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend