logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ठूलो रुपान्तरणको प्रक्रियामा जाँदैछौँ : माओवादी केन्द्र

    ठूलो रुपान्तरणको प्रक्रियामा जाँदैछौँ : माओवादी केन्द्र

    791
    Shares
    ठूलो रुपान्तरणको प्रक्रियामा जाँदैछौँ : माओवादी केन्द्र

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी ठूलो रुपान्तरणको प्रक्रियामा जाने बताएको छ । आईतबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले ठूलो रुपान्तरणको प्रक्रिया जाने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चाकरर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी छलफल भइरहेको बताए । उनले बैठकमा आज जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले आफ्ना धारणा राखेको र बैठकमा बोल्ने नेताहरुलाई समय निर्धारण नगरीकन अभिव्यक्ति गर्न दिइएको पनि बताए ।

    उनले भने, ‘वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी नै छलफल भइरहेको छ । आज ५ जना कमरेडहरुले आफ्नो भनाइ राख्नुभयो । जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले ५ जना साथीहरुले राख्नुभयो ।

    राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा, विश्व दृष्टिकोणका बारेमा सीमारहित छलफल छ । जसलाई जति समय आवश्यक छ, त्यसैअनुसार समय दिइएको छ । परिस्थिति जटिल र पेचिलो छ । हामीले एक खालका कार्यक्रम बनाएर जनतामा जानुपर्छ । हामी एउटा ठूलो रुपान्तरणको प्रक्रियामा छौँ ।’

    प्रवक्ता सापकोटाले नेकपा (माओवादी केन्द्र) एक पटक पुनः जनतामा जाने गरी अभियान सञ्चलन गर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend