काठमाडौँ । शेयर बजारमा आज गिरावट आएको छ । पछिल्ला केहि दिन यता निरन्तर बढी रहेको शेयर बजारमा आज भने गिरावट आएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६३ अकंले घटेर २६६०.९३ बिन्दुमा कायम भएको हो ।
आज ७० कम्पनीको शेयर मूय बढेको छ भने १६८ कम्पनीको भाउ घटेको छ ।
आज ३२५ कम्पनीको ४ करोड ७६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन कारोबार भने निकै उच्च भएको देखिन्छ । सोमबार ११ उपसचूक राताम्य भएका छन् । आज र्बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैंक समहको २.६९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशतसहित ११ कम्पनीको शेयर घटेको हो ।
आज नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । मन्दकीनि हाइड्रोका लगानीकर्ताले ८ दशलमव ५८ प्रतिशत र बराही हाइड्रोका लगानीकर्ताले ८ दशलमव १६ प्रतिशतका दरले कमाएका छन् ।
आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।