logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • जुडो खेलाडी मनिता पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिइन्

    जुडो खेलाडी मनिता पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिइन्

    378
    Shares
    जुडो खेलाडी मनिता पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिइन्

    काठमाडौं । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिएकी छिन् ।

    ५७ केजी मुनिको तौल समूहमा नेपालककी मनितालाई सर्वियाकी मारिका पेरिचिजले इप्पोनमा सहजै पराजित गरिन् ।

    मनिता १ मिनेट दुई सेकेण्ड मात्रै म्याचमा टिकिन् । यो सहज हारमा जारी ओलम्पिक्समा नेपालबाट पहिलो चरणबाट बाहिरिने मनिता चौथो खेलाडी हुन् । यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र पौडीका डुवाना लामा पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन् ।

    मनिता सागकी रजत विजेता खेलाडी हुन् भने उनीसँग वल्र्ड च्याम्पियनसिप खेलेको अनुभव पनि छ । तर उनले ओलम्पिक्समा प्रभावशाली प्रदर्शन गर्न सकिनन् । जुडोमा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन फुपु लामु खत्रीको नाममा छ ।

    उनी रियो ओलम्पिक्समा पूरै समय म्याटमा टिकेकी थिइनन् । आजै प्रिन्स दाहालले पनि समूह चरणको खेल खेल्दैछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend