logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रतिनिधि सभा बैठकको आकस्मिक समय : कुन सांसदले के भने ?

    प्रतिनिधि सभा बैठकको आकस्मिक समय : कुन सांसदले के भने ?

    238
    Shares
    प्रतिनिधि सभा बैठकको आकस्मिक समय : कुन सांसदले के भने ?

    काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुले प्रतिनिधि सभा बैठकमा जनसरोकारका विभिन्न विषयमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयहरु राखेका थिए ।

    त्यस्तै उनीहरुले जनसरोकारका अन्य विषयहरु पनि समेट्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा सदस्य जीवन परियारले केही दिनअघि कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २१ बाट १७ तर्फ आउँदै गएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना भएकोप्रति दुःख व्यक्त गरे ।

    उनले विदेशमा जस्तै नेपालमा पनि स्कुल जोनिङको व्यवस्था गर्नुपर्ने बताए । उनले पायक पर्ने ठाउँमा मात्रै आफ्ना छोराछोरी पढाउने खालको नीति बनाउनु जरुरी रहेको बताए । उनले विद्यालय नक्शाङ्कनको नीति लिनुपर्ने बताए ।

    त्यस्तै पुराना बसहरु स्कुल बसको रुपमा प्रयोग भएको भन्दै नियमन गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नं। ७ स्थित राप्ती नदिमा तटबन्ध गर्न माग गरे । उनले बेलैमा तटबन्ध नगरेमा वडा नं. ७ को आधा गाउँ र नरेनापुर गाउँपालिकाका सबै वडाहरु डुबानमा पर्ने र ६० हजारभन्दा बढी जनसंख्या बिस्थापित हुने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले धादिङ जिल्ला अस्पताललाई अमुक पार्टीले आफ्नो पार्टीको बैठक राख्ने स्थल बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले अस्पताल व्यवस्थापनलाई पार्टीको भ्रातृ संगठन बनाएको र कर्मचारीहरुलाई नेताको पावरमा दुई महिना नपुग्दै सरुवा गर्ने गरिएको पनि बताए ।

    प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले ६ महिना अगाडी न्यु एसबि इन्टरनेशनल र अल एमल ओभरसिजलाई साढे २ लाख बुझाएर साउदी अरब पुगेका ३० जना नेपाली नागरिक बिचल्लीमा परेका बताए । उनले बिचल्लीमा परेका नागरिकलाई नेपाल फिर्ता ल्याउन र ठगि गर्नेलाई कारबाही गर्न माग गरे ।

    उनले सरकारले राजदुत र प्रदेश प्रमुख नियुक्त गर्दा दलित, मधेसी, थारु, मुस्लिम, सिमान्तकृत र पिछडिएको क्षेत्रको नहुनु दुःखद् विषय भएको बताए । उनले सरकारले संविधानको प्राणमा नै आहुति दिन अग्रसर भएको बताए ।

    प्रतिनिधि सभा सदस्य अम्मरबहादुर थापाले रसियामा भएका नेपालीहरुको उद्धार गर्न त्यहाँ पठाउने दलालहरुलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए । उनले मुलुकको गरिबी र बेरोजगारी अन्त्य गर्न राज्यलाई उत्पादनमा लगाउन सरकारको ध्यानाकर्षण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend