logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले साहित्यिक पत्रिकाहरुका लागि आर्थिक सहयोगको व्यवस्था गर्नुपर्छः सांसद पन्त

    सरकारले साहित्यिक पत्रिकाहरुका लागि आर्थिक सहयोगको व्यवस्था गर्नुपर्छः सांसद पन्त

    336
    Shares
    सरकारले साहित्यिक पत्रिकाहरुका लागि आर्थिक सहयोगको व्यवस्था गर्नुपर्छः सांसद पन्त

    काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    सांसद पन्तले हाम्रो भाषा, संस्कृति र साहित्यका जोगाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाले ती पत्रिकाहरुलाई सरकारले आर्थिक सहयोग र विज्ञापनको पनि आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए ।

    उनले प्रकाशक र सम्पादकले आफ्नो लगानी गरेर ती पत्रिकाहरु जोगाउन सकिने अवस्था नरहेकाले पनि सरकारले त्यसका लागि आर्थिक सहायता उपलब्ध गराउनुपर्ने तर्क गरे ।

    उनले भने, ‘हाम्रो संस्कृति र साहित्यलाई जोगाउनका लागि साहित्यिक प्रत्रिकाहरुको महत्वपूर्ण योगदान छ । त्यसैगरी बच्चाहरुलाई सानैदेखि आफ्नो भाषा र संस्कृति बुझाउन पनि बाल साहित्यिक पत्रिकाहरुको महत्वपूर्ण योगदान छ ।

    तर अहिले कस्तो स्थिति छ भन्दाखेरी सम्पादक/प्रकाशकले आफ्नो खर्चले निकाल्नुपर्ने, सरकारको कुनै उत्तरदायित्व नहुने एउटा परिस्थिति उत्पन्न भएको छ । म नेपाल सरकार खास गरेर सञ्चार मन्त्रालय र संस्कृति मन्त्रालयको चाँही यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।

    र ती पत्रिकाहरुलाई जोगाउनका लागि आर्थिक सरसहयोग र विज्ञापनको व्यवस्था गर्ने कुरामा सरकारको र सम्बन्धित मन्त्रालयहरुको ध्यान जाओस् ।’

    सांसद पन्तले सरकारले साहित्य र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने पनि बताए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend