logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • माओवादी लक्षित सांसद बास्कोटाको टिप्पणी : सत्ताबाट हट्दाको पीडा नपोखौं

    माओवादी लक्षित सांसद बास्कोटाको टिप्पणी : सत्ताबाट हट्दाको पीडा नपोखौं

    385
    Shares
    माओवादी लक्षित सांसद बास्कोटाको टिप्पणी : सत्ताबाट हट्दाको पीडा नपोखौं

    काठमाडौं । सत्तारुढ नेकपा (एमाले) सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) लाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गरेका छन् ।

    संसदमा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरुको अभिव्यक्ति आउन थालेपछि उनले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सो कुरा बताएका हुन् ।

    सांसद बास्कोटाले मुलुकलाई निकास दिन दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सत्तासमिकरण बनाएको उल्लेख गर्दै त्यसको विरोध गरिरहन आवश्यक नभएको बताए ।

    उनले सत्तारुढ गठबन्धन मुलुकको आवश्यकताले बनाएको उल्लेख गर्दै यो कसै विरुद्ध लक्षित नरहेको दाबी समेत गरे । सांसद बास्कोटाले साना दलहरुले सत्तामा मरिहत्ते गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको विगतबाट सबैले पाठ सिकेर अघि बढनुपर्ने बताए ।

    उनले भने, ‘दुई वटा ठूला दल मिलेका छन् । ती राजनीतिक रुपमा मिल्दैनन्, सैद्धान्तिक रुपमा मिल्दैनन् । कार्यक्रमको रुपमा मिल्दैनन् । मुलुकलाई निकास दिन मिल्छन् । इतिहासमा पनि मिलेका थिए, आज पनि मिल्छन् । भोली पनि मिल्छन । यति कुरा हो–मुलुकका आवश्यकता अनुसार कसैका विरुद्ध यो होइन । आआफ्नो सामथ्र्यमा चलौं । अब यो हिजोको पीडा मात्रै बोकेर नहिँडौं ।’

    सांसद बास्कोटाले विकास, निर्माणको काममा ध्यान दिनुपर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षबीच संसदमा आरोप÷प्रत्यारोप हुनु शोभनीय नभएको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend