काठमाडौं । न्याय परिषद्ले एकै पटक ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले न्याय परिषदले उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको हो ।
बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो । एकै कार्यक्षेत्रमा दुई वर्ष बसेकाकाहरुको सरुवा गरिएको हो ।
उच्च अदालत पाटका न्यायाधीश धीरबहादुर चन्दलाई उच्च अदालत जनकपुर राजविराज इजलासमा पठाइएको छ भने उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासमा रहेका न्यायाधीश लेखनाथ पौडेललाई उच्च अदालत पाटनमा ल्याइएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेतमा सरूवा गरिएको छ । उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानलाई उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा पठाइएको छ ।
कुन न्यायाधीश कहाँ सरूवा भए ?