logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संस्कृति हरेक देशको प्राण तत्व हो : मन्त्री पाण्डे

    संस्कृति हरेक देशको प्राण तत्व हो : मन्त्री पाण्डे

    245
    Shares
    संस्कृति हरेक देशको प्राण तत्व हो : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति हरेक देशको प्राण तत्व भएको बताएका छन् । मंगलबार पाटन पर्यटन विकास संस्थाको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले संस्कृति हरेक देशको आत्मा र प्राण तत्व भएकाले आत्मा बिना बाँच्न नसकिने जिकिर गरे । उनले कुनैपनि समाजको आत्मा भनेको संस्कृति रहेको बताए । उनले सरकारले असल संस्कृति बोकेर हिँड्ने पनि बताए । उनले असल बाटो, सदाचार र शिष्टाचार भएको पनि बताए । नेपालीले बोकेको संस्कृति जगाउनुपर्ने कर्तव्य रहेको पनि बताए ।

    उनले भने, ‘हाम्रो मन्त्रालयले संस्कृति बोकेको छ । संस्कृति भनेको प्राण तत्व हो । संस्कृति भनेको आत्मा हो । म भित्र आत्मा छैन भने म छैन । मेरो यो भौतिक शरीर केही पनि होइन । त्यसैले कुनैपनि समाजको आत्मा भनेको संस्कृति हो ।

    त्यसैकारणले म भित्रको आत्मा, प्राणतत्व, म भित्रको आत्मविश्वास, म भित्रको आस्था म भित्रको निष्ठा त्यो म भित्रको संस्कृतिको पक्ष हो । त्यसैले हाम्रो मन्त्रालयले बोक्ने भनेको असल संस्कृति हो, असल संस्कार हो, असल बाटो, सदाचार र शिष्टाचार हो । हामी नेपालीले बोकेको संस्कृति नै त्यही हो । त्यो जगाउनुपर्ने कर्तव्य छ ।’

    मन्त्री पाण्डेले नेपालमा पर्यटनको सम्भावना उच्च रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend