logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्छ : उपप्रधानमन्त्री पौडेल

    शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्छ : उपप्रधानमन्त्री पौडेल

    252
    Shares
    शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्छ : उपप्रधानमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताएका छन् ।

    बुधबार ललितपुरमा प्रकाश काफ्लेको ३२ औं स्मृति दिवस एवं ३० औं प्रकाश मानव अधकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताए । उनले अझैपनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने काम बाँकी रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको उल्लेख गर्दै यसमा सरकार, रानीतिक दलहरु, मानवअधिकार कर्मी, आम नागरिकहरुको काँधमा रहेको बताए ।

    उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा पीडितको पक्षपोषण हुनेगरी टुंग्याउनुपर्ने बताए । उनले सरकार सोही दृष्टिकोणका साथ अघि बढिरहेको पनि बताए । उनले हिंसा र द्वन्द्वको असरलाई सधैँका निम्ति समाप्त गर्ने हिसावले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले भने, ‘पछिल्ला दिनहरुमा हामी,हामीले देख्दै र भोग्दै आएका छौँ । नेपालले एउटा अनपेक्षित, अनावश्यक, अनुचित र एक ढंगले भन्दा नेपाली समाजको निम्ति बोझको रुपमा सम्झना भइरहने कहालीलाग्दो द्वन्द्वबाट नेपाली समाज गुज्रियो । त्यो द्वन्द्वबाट हामी नेपालीहरुले बडो मेहनतका साथ नेपाली समाजलाई द्वन्द्वबाट, हिंसाबाट शान्तिमा रुपान्तरण गरेका छौँ ।

    हिंसा र द्वन्द्वको अन्त्य भएको छ भने शान्तिको स्थापना भएको छ । तर अझैपनि द्वन्द्वका घाउहरु मेटिएका छैनन् । शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने काम बाँकी छ । केही कामहरु अझै पनि बाँकी छन् । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा हामी सबैको काँधमा छ । सरकार, रानीतिक दलहरुको काँधमा छ । मानवअधिकार कर्मीहरुको काँधमा छ ।

    आम नागरिकहरुको काँधमा छ । यो बाँकी काम हामीले शिघ्रति शिघ्र सम्पन्न गरेर हिंसाका द्वन्द्वका घाउहरु मेट्ने कोशिस गर्नुपर्छ । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सिलसिलामा हामी कसैले पनि छोड्न, बिर्सन, कमजोर हुन नदिने विषय के छ भने शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा हाम्रा निस्कर्षहरु पीडितमैत्री हुनुपर्छ ।

    पीडितको पक्षमा हुनुपर्छ । बाँकी रहेका विषयमा पीडितको पक्षपोषण हुनेगरी ति विषय टुंगो लगाउनु पर्छ । हिंसा र द्वन्द्वको असरलाई सधैँका निम्ति समाप्त गर्ने हिसावले अघि बढ्नुपर्छ । सरकार सोही दृष्टिकोणका साथ अघि बढिरहेको छ ।’

    उपप्रधानमन्त्री पौडेलले मानव अधिकार आन्दोलन निरन्तर जारी रहने बताए । उनले परिस्थितिअनुकुल मानव अधिकारका एजेण्डाहरुलाई अघि बढाउने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend