logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • फेदीखोला हाइड्रोलाई जुट्यो लगानी, राष्ट्रिय वाणिज्य बैंकको ५० करोड ऋण दिने

    फेदीखोला हाइड्रोलाई जुट्यो लगानी, राष्ट्रिय वाणिज्य बैंकको ५० करोड ऋण दिने

    371
    Shares
    फेदीखोला हाइड्रोलाई जुट्यो लगानी, राष्ट्रिय वाणिज्य बैंकको ५० करोड ऋण दिने

    काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनीले बनाउन लागेको फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ । आयोजनाको विकासकर्ता फेदीखोलाइ हाइड्रो र बैंकबीच बिहीबार ऋण लगानी सम्झौता भएको छ । आयोजनाको जडित क्षमता ४.३ मेगावाट छ ।

    ऋण लगानी सम्झौतामा बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं. ६ मा निर्माण गरिरहेका फेदीखोला जलविद्युत् आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

    कुल लागत ९४ करोड रहेको आयोजनामा संस्थापकहरुको स्वपुँजी (इक्विटी) लगानी ४४ करोड रुपैयाँ हुने भएको छ । कम्पनीका अनुसार यहि साउनभित्र कम्पनीलाई लिमिटेडमा परिवर्तन गरि स्वपँजीको ४४ करोडको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख रुपैयाँको साधारण सेयर (आइपिओ) निष्कासन गरेर लगानी जुटाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ । फेदीखोलाको चालू आर्थिक वर्षभित्र आइपिओ निष्कासन गर्ने लक्ष्य कम्पनीको छ ।

    २०८२ असोजभित्र सम्पन्नहुने यस आयोजनालाई आवश्यक जग्गा खरिद, कन्ष्ट्रक्सन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवसगृह निर्माण सम्पन्न भएको छ । आयोजनाको सिभिल निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्मकरिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend