logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बजार विस्तारमा आक्रामक भारतको आकासा एयरले मुम्बइ–काठमाडौं उडान गर्ने

    बजार विस्तारमा आक्रामक भारतको आकासा एयरले मुम्बइ–काठमाडौं उडान गर्ने

    2.7K
    Shares
    बजार विस्तारमा आक्रामक भारतको आकासा एयरले मुम्बइ–काठमाडौं उडान गर्ने

    एजेन्सी । भारतको उदीयमान निजी वायुसेवा कम्पनी आकासा एयरले नेपाल उडान गर्ने भएको छ । आकासाले मुम्बइ–काठमाडौं उडान गर्ने बताइएको छ । आकासाले नेपालको काठमाडौंसँगै बंगलादेशको ढाकामा उडान गर्न लागेको हो ।

    यस्तै आकासाले मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका अन्य देशमा उडान गर्न नयाँ जहाज थपेको छ । हवाई यात्राको बढ्दो मागलाई पुरा गर्न दक्षिणपूर्व एसिया र भारतीय उपमहाद्वीपमा गन्तव्यहरू थप्ने योजना बनाएको छ ।

    मुम्बईको बजेट क्यारियरले नेपालको काठमाडौं र बंगलादेशको राजधानी ढाकाका लागि उडान सुरु गर्न तयारी गरिरहेको आकासाको एसएनभी एभिएसन प्रालिका प्रमुख व्यावसायिक अधिकृत प्रवीण अय्यरले एक अन्तर्वार्तामा लाइभ मिन्टलाई भनेका छन् ।

    यसैगरी अन्य ट्राभल ‘हटस्पट’ थाइल्याण्ड, भियतनाम, मलेसिया र इन्डोनेसिया पनि एयरलाइन्सले उडान गर्ने योजना बनाएको उनले बताए । सामान्यतया भारतीयहरू जहाँ घुम्न मन पराउँछन, त्यहाँ आकासले हवाइ सेवा विस्तार गरेको अय्यरको भनाई छ । ‘अक्टोबरदेखि भारतबाट हुने ‘आउटबाउन्ड’ ट्राफिक धेरै बलियो छ । दक्षिणपूर्वी एसियाली गन्तव्यहरू ठूलो योगदानकर्ताको रूपमा देखा परेका छन्’ उनले भने ।

    दुई वर्ष पहिले उडान सुरु गरेको आकासा एयरले यस वर्ष पाँचवटा विदेशी नयाँ रुटहरू थपेको छ । टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डिया र भिस्टारा मर्ज हुँदैछन् । जबकि बजार अग्रणी इन्डिगो एयरलाइन्सले लामो दूरीको अन्तर्राष्ट्रिय मार्गहरू उडान गर्ने योजना बनाएको छ । यसैबीच, इतिहाद एयरवेज र मलेसिया एयरलाइन्स जस्ता कम्तीमा आधा दर्जन विदेशी वाहकहरूले भारतीय सहरहरूमा उडानहरू शुरू गरेका छन् ।

    आकाशाले थप हवाइ रुटमा उडान गर्न गत जनवरीमा १ सय ५० वटा बोइङ ७३७ म्याक्स जेटहरू अर्डर गरेको थियो । यसको कुल अर्डर बुक थपेर २ सय २६ पुगेको छ । अर्डर भएका बोइङ आठ वर्षमा डेलिभर हुने बताइएको छ । आकासाले छोटो दूरीको अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्ने न्यारोबडी फ्लीट प्रयोग गर्ने लक्ष्य राखेको छ । जुन छ घण्टासम्मको उडान मार्गहरू गर्न सक्षम छ । यसले मार्चमा मुम्बईबाट दोहासम्मको सेवाको साथ विदेशी सञ्चालन सुरु गरिसकेको छ । अबुधाबी र जेद्दा लगायतका खाडी गन्तव्यहरू थपेको छ ।

    बजार हिस्सा बढ्दो

    दुई वर्षअघि बाट सञ्चालनमा आएको आकासाको बजार हिस्सा बढ्दै गएको छ । आकासाले उच्च प्रतिस्पर्धी भारतीय बजारमा अहिलेसम्म ४.७ प्रतिशत सेयर हासिल गरिसकेको छ । भारतको उड्डयन नियामकको तथ्यांकअनुसार इन्डिगोले बजारको ६१ प्रतिशत छ भने टाटाको एयर इन्डियाको १४.२५ छ । आकासाले २४ जेटबाट ४९ गन्तव्यमा उडान गर्दै इन्डिगो र एयर इन्डियाको बजार सेयर खोस्दै छ । भारतमा किङफिसर, जेट एयर र गोफस्र्ट एयर समस्याग्रस्त भइ बन्द हुँदा आकासाको बजार हिस्सा बढेको छ ।

    आकासाको विस्तार भारतको उड्डयन उद्योग बढ्दै गएको छ । टाटाको स्वामित्वमा पहिलेको सरकारी स्वामित्वको एयर इन्डिया भिस्टारामा जोडिनेछ । यस्तै इन्डिगोले चाँडै नै नयाँ प्रिमियम केबिन अनावरण गर्ने अपेक्षा गरिएको छ । इन्डिगो र एयर इन्डिया दुवैले विमान निर्माताहरूसँग रेकर्ड विमान अर्डर गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend