logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • सिटिजन्स बैंकको खुदनाफा १ अर्ब ३४ करोड, लाभांश दिने क्षमता ४.३४ प्रतिशत

    सिटिजन्स बैंकको खुदनाफा १ अर्ब ३४ करोड, लाभांश दिने क्षमता ४.३४ प्रतिशत

    385
    Shares
    सिटिजन्स बैंकको खुदनाफा १ अर्ब ३४ करोड, लाभांश दिने क्षमता ४.३४ प्रतिशत

    काठमाडौं । गत आर्थिक वर्षमा सिटिजन्स बैंकको खुदनाफा ३८.८३ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा सिटिजन्सले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

    अघिल्लो आर्थिक वर्षमा बैंकको खुदनाफा १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बैंकको खुदनाफा ५२ करोड १२ लाख रुपैयाँ घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    गत वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो नाफा ८४ करोड ६९ लाख रुपैयाँ थियो । बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता ४.३४ प्रतिशत रहेको छ ।

    समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा बढेपछि खुदनाफामा गिरावट आएको हो । बैंकको निष्क्रिय कर्जा बढेर ४ प्रतिशत माथि पुगेको छ । अघिल्लो वर्ष निष्क्रिय कर्जा ३.३९ प्रतिशत थियो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ व्यवस्था (प्रोभिजन) गरेको छ ।

    गत आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी ९.४५ रुपैयाँ छ । अघिल्लो वर्ष १३.१२ प्रतिशत थियो । यस्तै प्रतिसेयर नेटवर्थ १ सय ५१.८१ रुपैयाँ रहेको बैंकले जनाएको छ । यसबीचमा बैंकको पुँजी पर्याप्तता अनुपात बढेको छ । जसअनुसार सिटिजन्सको टायर वान क्यापिटल ९.२७ र कूल पुँजी १३.१३ प्रतिशत छ ।

    गत वर्ष बैंकको खुदब्याज आम्दानी ५ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ रहेको छ । बैंकको निक्षेप लागत ६.३२, कर्जा–निक्षेप (सिडी रेसियो) अनुपात ८१.८४, आधार दर ८.२६ र ब्याजदर अन्तर (स्प्रेड) ३.९९ प्रतिशत रहेको छ । बैंकको आधार दर एकल अंकमा झरेको छ भने तरलताको अवस्था सहज छ ।

    समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन र कर्जा प्रवाह दुबै सूचक बढेको छ । निक्षेप परिचालन ११.४७ प्रतिशत बढेर १ खर्ब ८९ करोड २१ लाख रुपैयाँ बढेको छ । अघिल्लो वर्षको तुलनामा बैंकका निक्षेप परिचालन १९ अर्ब ७१ करोड रुपैयाँ बढेको छ ।

    यस्तै बैंकको कर्जा प्रवाह ९.७६ प्रतिशत बढेर १ खर्ब ५३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह १५ अर्ब ७५ करोड रुपैयाँ बढेको छ ।

    ग्राहकको संख्या बढेर १७ लाख ६८ हजार ७ सय ५६ पुगेको बैकले जनाएको छ । शाखा संख्या बढेर १ सय ९७ पुगेको छ । गत वर्ष बैकले बागमतीमा ४, गण्डकीमा २, कर्णालीमा १ र सुदुरपश्चिममा २ गरी कूल ९ वटा शाखा थपेको छ ।

    बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड छ भने सञ्चित कोषको आकार बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend