धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाहले दाबी पेस गरेका छन् । नेकपा एमालेको समर्थनमा कांग्रेसका संसदीय दलका नेता समेत रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँ कहाँ मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई दोहोर्याउने निर्णय गरेको थियो ।
त्यसलगत्तै शाहले नयाँ मुख्यमन्त्रीका लागि नजिर मियासमक्ष सरकार निर्माणका लागि बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन्।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घराज सोडारीले शुक्रबार संसद्लाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको थियो ।