logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैन : प्रधानमन्त्री ओली

    सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैन : प्रधानमन्त्री ओली

    630
    Shares
    सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरु मुलुकमा क्रियाशील रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरुले प्रतिगमनका लागि कांग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको आफूहरुले स्टन्टबाजीको रुपमा कुनैपनि काम नगर्ने बताएका हुन् ।

    आईतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले सरकार र सत्तारुढ गठबन्धनले कुनैपनि खालको भ्रम सृजना गर्नेगरी काम नगर्ने बताए । उनले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रश्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पारे । उनले संविधान संशोधन विरुद्ध भ्रम फैल्याउन कोशिस भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

    नेकपा एमाले, नेपाली कांग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीहरुको यो समिकरणले भनेको संविधान संशोधन स्वभाविक रुपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्यता, प्रभावकारिता, यी सबै पक्षहरुलाई अभिवृद्धि गर्नका लागि भएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

    उनले समृद्ध नेपालः सुखी नेपाली बनाउने लक्ष्य अनुरुप नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले अहिले पनि हाम्रो विरुद्ध भ्रम फिजाउने कोशिस गरिरहेका छन । हामीले संविधान संशोधन गर्नुपर्छ भन्यौं । यो धार्मिक ग्रन्थ जस्तो वेद होकि, बोइबल हो कि, कुरान हो कि ? जस्तो असंशोधनीय विश्वासमात्रै गर्न पर्ने, फेर्न नपाईने ग्रन्थजस्तो गरेर व्याख्या गर्न खोज्ने । संविधान एउटा देशको अग्रगतिका लागि, जनताको भलाईका लागि, सुशासन र विकासका लागि, सामाजिक उन्नति, प्रगतिका लागि, आफ्नो संस्कृति समयानुकूल विकासका लागि समयमा परिस्कृत हुँदै जाने र परिमार्जन हुने जाने दस्तावेज हो भन्ने कुरा अझै त्यसमा पनि भ्रम फिजाएर हिँडन खोज्ने तत्वहरु सक्रिय छन ।

    अहिलेको जो समिकरण बनेको छ नेपाली कांगेस र नेकपा एमालेको । यो समिकरणले संविधान संशोधन जस्तो कुरा गर्दा यो प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरुले होइन । यो लोकतन्त्रका लागि लडेर आएका पार्टीहरुको एजेण्डा हो संविधान संशोधन । त्यसकारण लोकतन्त्रका लागि यो कुनै भुलभुलैया वा कुनै अफवाहको भरमा वा कुनै अन्यौलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि अथवा कुनै स्टन्टबाजीको रुपमा यसले कुनै पनि काम गर्दैन, कुनै विचार पनि प्रस्तुत गर्दैन । कुनै अन्यौल र भ्रम पनि चाल्दैन । स्टन्टबाजी पनि गर्दैन, कसैलाई झुक्याउने खेल पनि खेल्दैन ।

    नेकपा एमाले यस भित्र छ । र, नेकपा एमाले, नेपाली कांग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीहरुको यो समिकरणले भनेको संविधान संशोधन स्वभाविक रुपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्विकार्यता, प्रभावकारिता, यी सबै पक्षहरुलाई अभिवृद्धि गर्ने ।

    यस हिसावले मुख्य रुपमा यसको प्रभावकारितामा देशको विकासका लागि, सुशासनका लागि र संविधानले परिकल्पना गरेजस्तै मान्छेका समस्या केन्द्रित, समाज केन्द्रित, त्यस हिसावले अघि बढने मूल्य, मान्यता अनुरुप नै समृद्ध नेपालः सुखी नेपाली । नेपाललाई समृद्ध बनाउनु छ, नेपाली जनतालाई सुखी बनाउनु छ । यही उद्देश्यमा हामी लागि रहेका छौं ।’

    प्रधानमन्त्री ओलीले देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्य अनुसार सरकार अघि बढिरहेको दावी समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend